पोखराको बाटुलेचौरमा भैरव नाच हुने
पाेखरा | पुस १६, २०७९
पोखरा: पोखराको बाटुलेचौरमा ऐतिहासिक भैरव नाच प्रस्तुत गरिने भएको छ।
हिमालय क्लबको आयोजनामा यही पुस २३ गते स्थानीय बाटुलेचौर खेल मैदानमा देखाइने नाचको आन्तरिक बाहेक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
नृत्यलाई व्यवस्थित बनाउन क्लबले अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ। समितिको उपसंयोजकमा नेवा खल बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ , क्लबका सल्लाहकार कुमार श्रेष्ठ, सदस्यमा निवर्तमान अध्यक्ष मोहन थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समुहका अध्यक्ष मनु वस्नेत, क्लबका मानार्थ सदस्य वेनी ब वस्नेत, क्षत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, कालिका मन्दिरका अध्यक्ष दुर्गा केसी थापा रहनु भएको छ।
त्यस्तै खाजा, खाना प्रसाद एवं स्वागत व्यवस्थापन नेवा खल, सरसफाई एवं व्यवस्थापन क्षत्री समाज, माला व्यवस्थापन मैदान आमा समुह, स्वास्थ्य व्यवस्थापन दुर्गा केसी थापा, प्रचार प्रसार संयोजक क्लबका सचिव शिवराज देवकोटा र अर्थ व्यवस्थापन कोषाध्यक्ष पुष्पराज अधिकारी रहनुभएको क्लबले जनाएको छ।
नृत्य संचालन र व्यवस्थापन गर्न ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक सहयोग संकलनलाई तिव्रता दिएको बताईएको छ। लामो समय पछि बाटुलेचौरमा हुन लागेको नृत्यमा सहभागी हुन क्लबले सबैलाई आग्रह गरेको छ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

